No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय

0

काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

मिटरब्याजबाट पीडितहरु महोत्तरीको बर्दिबासबाट हिँडेर काठमाडौं आई आन्दोलन सुरुगरेपछि सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको हो । उनीहरुसँग वार्ता गर्न सरकारले टोली नै बनाएको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरिएको हो ।

 

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ११:३६

Leave a Reply