No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, बुधबार फेरि बस्ने

0

काठमाडौं । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन बसेको सत्तारुढ १० दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मंगलबार अपारान्हदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो । सरकारलाई पूर्णता दिन सहमति गर्न बसेको बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बैठक निष्कर्षविहीन भएको हो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने जानकारी दिए । उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए । उनले सरकार चाँडै विस्तार हुनेगरी छलफल भएको र मन्त्रालयमा विवाद नरहेको बताए ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १३:२२

Leave a Reply