No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिनिधिसभाको बैठक बस्दै

0

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने छन्। यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार ०२:४१

Leave a Reply