No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रालय बाँडफाँटमा सत्ता गठबन्धनमा सहमति जुटेन, बैठक निष्कर्षविहीन

0

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन ।

आज दिउँसो ३ बजे बैठक बस्नेगरी सकिएको छ । आजको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार ०६:१५

Leave a Reply