No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतमा रामनवमी मनाउन मन्दिर गएका २५ भक्त इनारमा खसे

0

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् ।

पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।

इनारमा खसेकामध्ये केही त्यहाँ रहेको फलामको डण्डीमा झुन्डिएका तथा उनीहरूको उद्धार भइरहेको इन्दोरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका छन् ।

मन्दिर क्षेत्रको वातावरण बिग्रन नदिन तथा दुर्घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित घाइतेहरूलाई शीघ्र अस्पताल पु¥याउन मन्दिर परिसरमा एम्बुलेन्सहरू तयारी हालतमा राखिएका छन् ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार ०९:५३

Leave a Reply