No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालीमा निर्वस्त्र भएको अभियोगमा रुसी नागरिक देश निकाला

0

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै देशनिकाला गर्न लागेको छ ।

आफ्नो सुरुवाल गोलीगाँठासम्म झारेर पवित्र अगुङ पर्वतमा उनले खिचाएको तस्बिर गत साता भाइरल भएको थियो । युरी नाम गरेका ती व्यक्तिले आफ्नो कार्यप्रति क्षमायाचना गरेका छन्।

तर उनलाई ६ महिनासम्म इन्डोनेशिया प्रवेश गर्न प्रतिबन्ध लगाइने भएको छ । बालीले हालैका वर्षहरूमा विदेशी पर्यटकहरूले गर्ने खराब आचरणविरुद्ध कडाइ गर्न थालेको छ ।

अगुङ पर्वत बालीद्वीपको सबैभन्दा अग्लो स्थान हो। हिन्दू धर्मावलम्बीहरू यो पर्वतमा देवताहरूको वास भएको विश्वास गर्छन् ।

एक स्थानीय अधिकारीले ती पर्यटकको आचरण अक्षम्य भएको बताए। मध्यबालीको बतुर पर्वतमा निर्वस्त्र नाच्दै गरेको भिडिओ सार्वजनिक गरेपछि गत वर्ष क्यानडाली अभिनेता जेफ्री क्रेगनलाई पनि इन्डोनेशियाबाट निष्कासन गरिएको थियो ।

त्यसअघि सन् २०२१ मा रुसी जोडीले बतुर पर्वतमै यौन क्रियाकलाप गरिरहेको तीन मिनेट लामो भिडियो बाहिरिएपछि ठूलो आक्रोश पैदा भएको थियो।

 

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार ०९:५८

Leave a Reply