No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रविको यो घोप्टिने क्रम अझै लामै समयसम्म जाने निश्चित जस्तै छ !

0

मोहन लामा रुम्बा
रवि लामिछानेले एउटा अन्तर्वार्तामा भन्दै थिए म झुकेको होइन खुट्टामा काँडाले बिझेपछि काँडा निकाल्न घोप्टेको मात्रै हो झुकेको होइन भनेर भनेको देखें । रवि लामिछानेलाई हाम्रो सुझाव काम त नलाग्ला तर एउटा यस्तो सुवर्ण अवसर अगाडि थियो उनले चाहेको भए खुट्टाको काँडा झिक्न रवि लामिछाने होइन नेपालको ठूलाबडा ‘बा’ हरु उनको अगाडि काँडा झिक्न लाइनमा उभिने थिए ।महाराष्ट्रमा बाल ठाकरेले सन् १९६६ मा शिवसेना पार्टीको स्थापना गरेर ४६ वर्षसम्म सक्रिय राजनीति गरे, यो पार्टीले प्रान्तीय सरकारको मुख्यमन्त्रीसम्म बनायो तर उनले चुनाव कहिल्यै लडेन्, सबै कार्यकर्तालाई लडाएर सदनमा पठाउने काम गरे ।

उनको एउटा आफ्नै स्वभाव भनौं की नीति भनौं कहिल्यै कसैको घरमा हात जोडेर भेट्न नजाने, बाँचुन्जेल कसैलाई भेट्न गएनन् पनि उनलाई भेट्न आउनेलाई घरमै राजाले जसरी दर्शन दिने। घरमै बसेर पार्टीको नेता सांसदहरूलाई निर्देशन दिने। आफू कुनै पदमा नबस्ने। उनको दबाब यहाँसम्म थियो की बम्बैमा फिल्म चलाउन फिल्म निर्माता निर्देशक कलाकारहरु उनको आशिर्वाद लिन उनको घरमा एकपटक पुग्ने गर्थे । उनको इसारा बिना बम्बैमा फिल्म मात्रै होइन खेलकुद समेत अनुमति लिएपछि मात्रै आयोजना गर्नुपर्ने हुन्थ्यो। एकपटक माइकल ज्याक्सन बोलाएर कन्सर्ट राखेको थियो, उनले अनुमति नदिँदासम्म कार्यक्रम राख्न सकेन । उनले अनुमति दियो त्यसको लागि धन्यवाद टक्राउन माइकल ज्याक्सन उनलाई भेट्न घरमा गएको बेला बाल ठाकरेले दिसा गर्ने भाँडामा हस्ताक्षर गर्न लगाएको थिए भन्ने कुरा अहिलेसम्म पनि चर्चित छ ।
४६ वर्षसम्म चुनावै नलडेर महाराष्ट्रमा दबंग राजनीति गरेर आफ्नो इसारामा प्रान्तको राजनीति घुमाई रहन सफल भए ।

रवि लामिछानेको हकमा भन्नुपर्दा आज उनकै भाइरल व्यक्तित्वको कारण सबैले चुनाव जितेको हो । उनले चाहेको खण्डमा आफ्ना सांसदहरू बाल ठाकरेले जसरी लगाम लगाएर एउटा अलग्गै शक्ति र छवि तयार गर्न सकिन्थ्यो । रवि लामिछाने आफैं सांसद बन्न, मन्त्री बन्न यति मरिहत्ते गर्नुपर्ने थिएन । तर जुन बाटो रोजेर अहिले चुनावी दंगलमा दौडिरहेका छन्, यसले पुर्याउने भनेको अन्ततोगत्वा ‘बा’ हरुको अगाडि काँडा झिक्न सम्भवतः यो चार वर्षको कार्यकालभरी रवि लामिछाने घोप्टिरहने हो । मैले भन्न खोजेको यति मात्रै हो यदि बाल ठाकरेको स्टाइल लिएको भए रविको अगाडि नेपालको ‘बा’ हरु लाइनमा बसेर घरमै घोप्टिन आउने थिए जुन आज ऊनी आफैं घोप्टिन परिरहेको छ र यो घोप्टिने क्रम अझै लामै समयसम्म जाने निश्चित जस्तै छ…!!

प्रकाशित: २७ चैत्र २०७९, सोमबार ०३:३४

Leave a Reply