No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लिजा र दीपकको ‘रातो भाले’

0

काठमाडौं । लिजा लामा र दीपक रमणको स्वर रहेको गीत ‘रातो भाले’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो नयाँवर्ष २०८० सालको पूर्वसन्ध्या पारेर रिलिज गरिएको हो ।

राजु लामाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा बिना राउत, सरोज राना, आभा मगर, सुरविर पण्डित र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् । आरएल डिजिटलको ब्यानरमा निर्माण भएको भिडियो र अडियो राम्रो बनेको छ ।

म्युजिक भिडियोमा गणेश सुवेदीको शब्द रचना तथा गायक रमणको संगीत रहेको छ । सार्वजनिक गीतमा युवराज राईको छायांकन, डिएलएक्स विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तनको कलर करेक्सन र नहकुल खड्काको सम्पादन छ ।

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १०:०१

Leave a Reply