No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रवासी नेपाली महासंघद्धारा मुम्वईमा विविध साँस्कृतिक कार्यक्रम र सम्मानसहित नयाँ वर्षको स्वागत

प्रवासमा नयाँ वर्षः मानिस विदेशिए पनि मन विदेशिदैन, तनमन नेपाली नै रहन्छ भन्ने उदाहरण प्रवासी नेपालीहरुले फेरि एक पटक प्रमाणित गरेका छन । नयाँ वर्ष २०८० को अवसरमा भारतको मुम्वईमा रहेका प्रवासी नेपालीहरुले खाँटी नेपालीको झल्को दिदै विविध साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेका छन । मुम्वईबाट हाम्रा संवाददाता प्रेमसिंह जनालाको रिर्पोटः

0

प्रवाशीहरूको हक–हित र अधिकारको लागी सधै अग्रपंत्तिमा रहेर काम गर्दै आएको भारतको मुम्वईस्थित संयुक्त नेपाली महासंघले नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघले प्रवासी नेपालीहरुलाई नववर्षको अवसरमा सम्मान र हौसला पनि दिएको छ । नयाँ वर्ष विशेष समारोह केन्द्रीय उपाध्यक्ष सांस्कृति संगठन रविचन्द्र भट्टराईको अध्यक्षता तथा भारी संख्यामा प्रवासीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।प्रवाशमा ४५औ बसन्त पार गरेको लोकप्रिय सामाजिक संस्था’ सयुक्त नेपाली महासंघ मुंबई भारत’ ले बिगतका बर्षहरूमा जस्तै यो बर्ष पनि नयाँ बर्षको अबसरमा भारतको बंगुरनगर हल गोरेगाव पश्चिम मुम्बई मा वृहद साँस्कृतिक कार्यक्रमसहित शुभकामना समारोहको आयोजना गरेको थियो ।
यस वर्षको विशेष कार्यक्रमका प्रमुख सल्लाहकार काशी पाण्डेय र बिशेष सल्लाहकारमा रहेका थिए । त्यस अवसरमा नयाँ वर्षलाई नेपाली मन र नेपालीपन दिन .सत्यनारायण महापुजा साथ महाप्रसाद,शुभकामना आदान प्रदान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रम अत्याधिक प्रवाशीहरूको उपस्थितिमा भब्य र सब्य तरिकाले समापन गरियो।
महासंघका हरेक सदस्यहरु साथैं शुभचिन्तकहरुको सहयोगबाट गरिएको यो कार्यक्रमको प्रमुख बिशेषता महासंघको पुरानो नारा“हामी सबै नेपाली हौ,नेपाली हुनुमा गर्ब गर्दछौ तसर्थ हामी सबै एकसाथ जुटौ तर नफुटौ“ भन्ने मै केन्द्रीत रहेको थियो ।
महासंघले हाम्रो भेष–भूषा,भाषा, कला, धर्म सस्कृती र संस्कारको रक्षा गर्दै दुखी पीडीत र बेसाहाराहरूको लागि पनि सङ्कटमोचक बन्दै आएको छ।
यस्तै बिभिन्न माध्यमबाट गरिएका सामाजिक कार्यबाट प्रभावित भएर महासंघ मा जोडिने सदस्यहरूको संख्या पनि बढ्दै गएको छ। यस कार्यक्रमका निर्देशक ÷उदघोषक महासंघका सङ्गठन मन्त्री तथा नेपाली भाषाका संरक्षक युवराज नयौपाने हुनुहन्थ्यो । उहाँले महासंघको तर्फबाट नयाँ बर्ष को शुभकामना दिँदै सम्पुर्ण सहयोगी शुभचिन्तकहरु प्रति धन्यवाद र आभार प्रकट गर्नु भएको थियो।
शुभकामना दिने क्रममा महासंघका बर्रिष्ट अध्यक्ष.जगतबहादुरसिंह, साँस्कृतिक मन्त्री धिर रावल, तारा शर्मा, शिक्षा मन्त्री सिता काफ्ले,महामन्त्री बिष्णु काफले, उपाध्यक्ष पुरन कुँवर , सह–महामंत्री भिमराज गैरे, निरज कोइराला, नवराज थापा, लगायत महासंघका सम्पुर्ण सदस्यहरूले नयाँ बर्ष को शुभकामना व्यक्त गरेका थिए ।
साथैं महासंघप्रति मायाँ गर्ने सहयोगी शुभचिन्तकहरु मदन चलाउने, श्रीमती पूजा चलाउने, राजकुमार बराल, श्रीमती ज्योति पाण्डेय, तेजस भंडारी , केशव आर्याल, श्रीमती कामला आर्याल, प्रोफेसर डा. सूर्य ब. सिंह, बिष्णु खत्रीले महासंघलाई विशेष सहयोग प्रदान गर्नु भएको थियो । त्यस क्रममा देशभित्र भैरहेको असोभनिय,भद्रगोल सत्ताको चलखेलले देशलाई नै समाप्त पार्ने षड्यन्त्र भएको महसुस गर्दै प्रवाशीहरूले आक्रोस र ध्यान आकर्षण ब्यक्त पनि गरेका थिए ।
प्रेमसिंह जनाला, न्यूज नेपाल टेलिभिजन, मुम्वई ।

प्रकाशित: ४ बैशाख २०८०, सोमबार ०८:०६

Leave a Reply