No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

0

काठमाडौं । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा भीम सार्की र कुशल मल्ल नायक रहे । मलेसियाविरुद्ध कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडी जम्न सकेन । नेपालको स्कोरवोर्डमा ५ रन हुँदा आशिफ शेख पभेलियन फर्किए ।

उनी १ रन बनाएर आउट भएका थिए । कुशललाई साथ दिन भीम शार्की क्रिजमा आए । ९.१ ओभरमा नेपालले ५३ रन बनाएको थियो । त्यतिबेला अर्का ओपनर कुशल भुर्तेल पनि पभेलियन फर्किए । भुर्तेलले ३१ बलमा ३८ रनको पारि खेले । भीम र कुशल मल्ल मिलेर नेपाललाई जित दिलाए । यी दुईका बीचमा शतकबढीको साझेदारीले जित पक्का भएको हो ।

पाहुना टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए । गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए । सन्दीपले विकेटकिपमर आशिफ शेखबाट क्याच गराएर नेपाललाई ठूलो सफलता दिलाएका थिए ।

सन्दीप लामछिानेले १० ओभरमा १ ओभर मेडन राख्दै ४८ रन खर्चिएर ३ विकेट लिए । आरिफ शेखले ४ ओभरमा २३ रन खर्चिदा कुशलम मल्लले ६ ओभरमा २५ रन दिए भने दिपेन्द्र सिंह ६ ओभरमा २४ रन दिए ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

 

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १०:१७

Leave a Reply