No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिचौलियाको भूमिकालाई शून्यमा झार्छौंः गृहमन्त्री

0

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्रको पहुँचबाट मुक्त गर्ने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायलाई राजनीति र शक्ति केन्द्रको पहुँचबाट टाढा राख्ने बताएका हुन् ।

उनले भने, ‘मेरो पहिलो निर्णय मन्त्री र सचिवले सुराकी खर्चबापत लिएको खारेज गरें । मन्त्रिपरिषद्ले खारेजी गर्यो । आगामी दिनमा पनि कहीँ कतै राजनीतिक शक्ति केन्द्र या राजनीतिक दबाबबाट चल्दैन । चलनचल्तीमा सुनिएको बिचौलियाको भूमिकालाई शून्यमा झारिन्छ ।’

उनले प्रहरीले निश्चितरूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएपनि कतिपय गुनासा र समस्याहरू सुनिने गरेको बताए । उनले सीमा सुरक्षाका लागि नेपालमा सशस्त्र प्रहरी रहेको भन्दै राष्ट्रियतामा खलल पुग्न नदिन सरकार गम्भीर रहेको बताए ।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १०:४१

Leave a Reply