No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा १५ अंकको बृद्धि

0

काठमाडौं । शेयर बजार नेप्से बुधवार बढेको छ । बुधबार नेप्से १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ । आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।

दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

 

प्रकाशित: ६ बैशाख २०८०, बुधबार ०९:४९

Leave a Reply