No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आज वैशाख ११ गते भन्ने गरिएको लोकतन्त्र दिवस !

0

जनकराज पाठक ।
भारतीय भूमिमा भारतीय पक्षको प्रत्यक्ष संलग्नतामा विद्रोही माओवादी र दलहरुबीच १२ बुँदे सहमति भएपछि जवरजस्ती सुरु भएको आन्दोलन राजा र सातदल बीच सहमति भएर ६३ वैशाख ११ गते टुंगिएको थियो।

मरिसकेको प्रतिनिधिसभालाई राजाले दलहरुसँगको भद्र सहमति सहित व्यँताइदिए । ब्यूतिएको प्रतिनिधिसभा र त्यस समयका नायक तर नेपाली राजनीतिका खलनायक गिरिजाप्रसाद कोइरालाले आफू राष्ट्रपति हुने लोभमा राजालाई भएको सहमतिमा धोका दिएर राजसंस्थालाई पाखा लगाए । त्यही दिनदेखि नेपाली राजनीति गलत मार्गमा फस्यो । ५ हजार वर्ष पुरानो सभ्यता र पहिचान हरायो । राष्ट्रनिर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको राजसंस्थालाई पाखा लगाउँदा मुलुक राजनीति रुपमा दिशाहीन अवस्थामा फस्यो।
भुँइफुट्टाहरुको एकछत्र राज चल्न थाल्यो, मुलुकमा नवसामन्ती छोटेराजाहरुको उदय भयो । नेपाली जनता र तिनका जनजिविकाको सवालहरु गौण भए ।

अधिनायकवादी चिन्तन बोकेका नव सामन्तीहरुले प्रजातन्त्रको आधार स्तम्भ माथि लगातार प्रहार गरेर आफू केन्द्रित राजनीति गर्न थाले । फलस्वरूप आज प्रजातन्त्र धरापमा परेको छ गन्तव्य प्रष्ट छैन । यो अवस्थालाई विष्लेषण गर्दै प्रजातन्त्रको संरक्षण र सवलिकरण गर्न अनि मुलुकको सदियौंदेखिको पहिचान कायम गर्न राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापनार्थ सबैमा उत्प्रेरणा जागोस् भनी लोकतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछु।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार ०३:३७

Leave a Reply