No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवन-२ बाट भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित

0

भरतपुर । चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । त्यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

 

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार ०६:५६

Leave a Reply