No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वामदेवविरुद्धको रिटमा सर्वोच्चले मगायो बहस नोट

0

काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बहस नोट मगाएको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सरकारी वकिल र निवेदकसँग बहस नोट मगाएको हो ।

गौतमविरुद्ध २०७७ असोज १२ गते सर्वोच्च अदालतका रिट दर्ता भएको थियो। बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि गौतम राष्ट्रियसभा सदस्य भएको भन्दै उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्री भट्टले रिट दायर गरेका थिए । राष्ट्रिय सभा सदस्यका लागि उनी अयोग्य भएको दाबी रिटमा गरिएको छ ।

सुरुमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले दुवै पक्षको छलफल नभएसम्म अन्य संवैधानिक जिम्मेवारी नदिनु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । अब बहस नोट पेस भएपछि संवैधानिक इजलासले पेसी तोक्दै फैसला सुनाउने छ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार ११:०३

Leave a Reply