No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुन सक्दैनः शेखर कोइराला

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत कोइरालाले माओवादी नेतृत्वको यस्तो कार्यको विरोध गर्नुपर्ने बताएका हुन् । उनले पूर्वआयोग्य लडाकूलाई पैसा नभई रोजगारी दिनुपर्ने बताएका छन् ।

कोइरालाले भनेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं। उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।’

 

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार ०४:४९

Leave a Reply