No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रिमियर कपमा समूहविजेता बन्दै नेपाल सेमिफाइनलमा

0

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले कतारलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको कतार ओभरमा रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए ।

यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए । नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा समूह ’ए’ को विजेताले समूह ’बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ’बी’ को विजेताले समूह ’ए’ को उपविजेतासँग खेल्नेछ ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार ०९:३४

Leave a Reply