No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अयोग्य लडाकूका नाममा ४८ सयलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख दिने निर्णय स्वीकार्य छैनः एमाले

0

काठमाडौं । नेकपा एमालेले अयोग्य लडाकूलाई रकम बाँड्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको शुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन गर्न लागिएको भन्दै निर्णय खारेज गर्न माग गरेका हुन् ।

उनले तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको भन्दै राज्य कोषको दोहन स्वीकार्य नहुने बताए ।

उनले भने,’माओवादीको अयोग्य लडाकुका नाममा ४८ सयलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । त्यो आपत्तिजनक छ । सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारलाई दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताएका थिए ।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार ०८:२५

Leave a Reply