No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘व्यवस्था परिवर्तनका लागि बलिदान गर्न अघि सर्नेलाई अपमान गर्ने ?’

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई सरकारले रकम बाँड्ने विषयमा भइरहरेको विरोधप्रति आपत्ति जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले सिंगो व्यवस्था बदल्नका लागि बलिदान गर्न तयार रहेका लडाकुहरुलाई दुई लाख दिने विषय उनीहरुको सम्मानका लागि रहेको बताएका हुन् ।

उनले तत्कालीन राजाले व्यवस्था नै हडपेको समयमा तिनै योद्धाहरुले आजको अवस्थामा पुर्याएको उनले स्मरण गराएका छन् । गिरिजाप्रसाद कोइरालाको टाउको फुटेको र चित्रलेखा यादवले नारायणहिटी अगाडि संसद् चलाएको दृश्य सम्झाउँदै उनले उक्त रकम दिनु जायज रहेको बताए ।

उनले भने,’लडाकुले स्याउला र बन्दुक बोकेर ल्याएको व्यवस्था हो। दुई लाख रुपैयाँले युद्ध लडेका महान लडाकुलाई केही पनि चल्दैन। उनीहरुलाई उक्त रकम दिनुहुँदै भने सिंगै व्यवस्था परिवर्तन गर्न बलिदान गर्न अघि सर्नेलाई अपमान गर्ने ? यही हो राजनीतिक धर्म ?  गिरिजाबाबुको टाउको फुटेको कान्तिपुर खोजेर हेर्नुहोस् । चित्रलेखा यादवले नारायणहिटीको अगाडी सञ्चालन गरेको संसदको दृश्य सबैले सम्झना गरौँ । तपाईको दुई लाख पैसाले युद्ध लडेर आएका महान लडाकुहरु, योद्धाहरुलाई जसले बिरताको गाथा कोरे, जसले वीरताको
संकल्प गरे, जसले यो सिंगै व्यवस्था परिवर्तनका लागि बलिदान गर्नका लागि तयार भए तपाई तिनलाई अपमान गर्ने ? ’

उनले कतिले लडाकू शरीरमा गोली बोकेर हिँडिरहेको भन्दै उनीहरुलाई सहयोग जरुरी रहेको बताए । उनले यो विषय अहिलेको नभई २०७३ सालमा अर्थमन्त्री विष्णु पौडेल रहेका बेला बजेट बक्तव्यमै समेटिएको उल्लेख गरे । यसको विरोध भनेको अर्काको कद काटेर अग्लो र हिलो छ्यापेर सुकिलो हुने प्रवृत्तिको पुनरावृत्ति भएको उनले बताए ।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार १०:३४

Leave a Reply