No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल एसिया कपका लागि छनौट

0

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । उपाधिसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ । जितका लागि पाएको ११८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।

जसमा गुल्शन झा र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरे । गुल्शन ६७ र भीम ३६ रनमा अविजित रहे । २२ रन जोड्दा ३ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम र गुल्शनले सम्हालेका थिए । यी दुईबीच ९६ रनको साझेदारी भयो । नेपालले अब एसिया कपमा भारत, पाकिस्तानलगायतका देशसँग खेल्नेछ ।

 

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार ०६:०६

Leave a Reply