No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यथार्थको अभिव्यक्तिले पाखण्डीलाई पोल्छ

0

जेपी गुप्ता ।
काठमाडौंका मेयर बालेन महोदयले ‘सबै नयाँ तथा पुराना नेता चोर हुन्। कसैलाई पनि देशको माया छैन’ भनेका छन् । कतिपयले कुरो त ठिक हो तर भाषा शालिन भएन भनेका छन्। अनेक खाले प्रतिकृयाहरू उठेको छ । कटु सत्यको स्वीकारोक्ति सबै समाजका लागि कठिन हुन्छ। औपनिवेशिक भारतको अवस्थालाई गान्धीले ‘गुलामी’ भनेका थिए। हामी भारतीयहरू गुलाम हौं–लेख्दा नेहरूले नै चित्त दुःखाए । समकालिन अरू नेताहरूले पनि त्यसो भन्नुलाई मन पराएनन् ।

अमेरिकी स्वतन्त्रता आन्दोलनको पूर्वाद्ध त्यहाँका अभिजात्य वर्गले समाजको अवस्थालाई ‘स्लेभरी’ वा ‘सर्विलिटी’ को ठाउँमा “थ्रालडम” भन्न रूचाउँथे । दक्षिण अफ्रिकी गोरा शासनले आफ्नो व्यवस्थालाई ‘रेसिष्ट’ भनेको मन पराउदैनथे ‘एपार्थिएट’ शब्द प्रयोग गरिएको रूचाउथे।
नेपालमा पञ्चायतकालमा गणेशमान सिंहले पञ्चहरूको शासनलाई ‘सुकुल गुण्डे राज’ भन्नु भएथ्यो । उही बेला बीपी कोइरालाले पञ्चायती अर्थतन्त्रलाई ‘भूईफुट्टे’ अर्थतन्त्र भन्नु हुँदा देशभरका पञ्चर्यालीहरूमा बिरोध गरिएको थियो । यस्ता उदाहरणहरू संसार भरका छन्।
‘चोर’ प्रतिकात्मक रूपमा भनिएको होला । सुविचारित लेखनका लागि बालेन साहलाई स्पष्टिकरण दिनु परेको छैन भने हामीले मान्नैपर्छ कि उनले चोर भनेकै हो ।

यथार्थको अभिव्यक्तिले पाखण्डीलाई पोल्छ। नेपाली समाजको, हाम्रो अवस्था पाखण्डीको हो। यस समाजको इच्छा हुन्छ कि यिनलाई कठोर तथा कटु शब्दको सट्टा पर्यायवाची नरम शब्दहरूले सधै सुशोभन गरियोस्–हानेको त बालेनले यहीँनेर हो ।

 

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०७:१६

Leave a Reply