No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

0

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही ६ लाख र अन्य अफिसियल टिमलाई ३ लाख रुपैयाँ दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार कीर्तिपुरमा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यस्तै बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक रकम आगामी आर्थिक वर्षको बजेटमा छुट्याउने निर्णय पनि गरेको छ ।

 

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०७:३८

Leave a Reply