No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

0

काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले पाण्डेलाई बुधबार दिउँसो पक्राउ गरेको हो । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि उनी गृह मन्त्रालयको सचिव थिए ।

मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार डा इन्द्रजीत राई यही पक्ररणमा पक्राउ परेका थिए। यस प्रकरणमा राईका छोराविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०८:०३

Leave a Reply