No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पूर्जी जारी

0

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार काठमाडौं प्रहरीले रायमाझीका बाबु छोराविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति पाएको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पूर्जी जारी गरेको हो ।

प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेको थियो भने बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई यही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०८:५२

Leave a Reply