No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

व्यवसायी कँडेल मृत्यु प्रकरणः दुईजनाविरुद्ध उजुरी

0

भरतपुर । पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटसबमार्फत उजुरी आएको बताए । कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य थिए ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटसवमा पठाएका हुन् । कँडेलले आत्महत्या अघि लेखेको नोट अध्ययन गरेर अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए ।

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । उजुरीपछि दुबै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान साँझबाटनै सुरु गरिएको उहाँको भनाइ छ । कँडेल जिल्लाका लोकप्रिय थिए । भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछिहटेका थिए । उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०९:४४

Leave a Reply