No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीलाई नै भेटेर नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा प्रभाव पार्ने काम भयो

0

नारायण गाउँले ।

ढाकाकुमार र कोर टिमलाई लिएर अनुत्तरित प्रश्नहरू अझै बाँकी छन् तर पार्टीले जुन स्पीडमा निलम्बन, प्रारम्भिक छानबिन र कारबाही गर्यो, त्यसले नयाँ दल र पुरानो दल भन्ने स्पष्ट छुट्टिने रहेछ । ढाकाकुमारले मागेको अनुचित र गैरकानुनी आर्थिक सहयोग थियो, त्यसले भोलि नीतिनिर्माण तहमा चलखेल हुने सम्भावना थियो होला तर प्रत्यक्ष राष्ट्रघात थिएन त्यो । तैपनि उनलाई बचाउन पार्टीको कुनै निकाय लागेको देखिएन । अडियोबाहेक अर्को प्रमाण पनि थिएन ।

तर, सिङ्गो देशको इज्जत र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने गरी मानव–तस्करीको यत्रो सङ्गठित अपराधमा प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पक्राउ गर्ने अवस्थामा पुग्दा समेत निलम्बन त परको कुरो, ’पूर्वमन्त्री जस्तो विशिष्ट व्यक्तिलाई बाटैबाट समाउनु गम्भीर षड्यन्त्र र रहस्यमय भएको’ बयान पुराना पार्टीबाट आयो । प्रधानमन्त्रीलाई नै भेटेर अनुसन्धानमा प्रभाव पार्ने काम भयो ।

अब देशले कुन मुखले भुटानी शरणार्थीबारे भूटानसँग वार्ता गर्न सक्ला ? भूटानले त्यसै पनि धेरै जसो शरणार्थी नक्कली भएको आरोप लगाउँदै आएको छ । त्यसैलाई बल पुर्याउँदै देशको सरकार नै मुछिएको देखिएपछि भविष्यमा यस्ता विषयमा नेपालको अन्तर्राष्ट्रिय ’नेगोसिएशन’ त्यसै कमजोर हुनेछ । यसले देशवासीलाई मात्रै होइन, हजारौं भुटानी शरणार्थीलाई समेत शङ्का र अपमानको घेरामा ल्याउँछ । नयाँ एकदम स्वच्छ छ, खुश्बुदार छ भनेर होइन, पुरानो चाहिँ असह्य गनाएपछि आमजनताले नयाँ दल छानेका हुन् । पुरानाचाहिँ सरसफाइको साटो झन् दुर्गन्ध थप्न लालायित हुनु तिनकै लागि समेत दुर्भाग्यको विषय हो । अलिकति आस्था, विश्वास र भरोसा राख्ने ठाउँ त छोडि़दिनु नि ! कि अब बाटो छोडि़दिनु !

प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार ०६:२९

Leave a Reply