No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कतिपल्ट प्रधानमन्त्री भए ओली र देउवा, नक्कली शरणार्थी प्रकरण किन छानबिन गरिएन ?

0

नारायण गाउँले ।

लहरोले हल्लाउने पहरोको टुप्पोमा स्वयं देउवा र ओली रहेको सङ्केत देखिएपछि अब यो सरकार धेरै टिक्ने देखिएन । ओलीले त यो काण्डमा आफू पहिल्यै जानकार रहेको र आफ्नालाई मात्रै पÞmसाइए ’गोप्य प्रमाण’ बाहिर ल्याउने धम्की दिइसके । त्यो भनेको ममात्रै होइन, देउवा पनि सँगै छन् भनेको हो ।

अब यी दुई दलनिकट पत्रकार र बुद्धिजीवीले कांग्रेस र एमाले मिलेर ’देशलाई स्थायित्व र निकास’ दिनुपर्छ भन्न सुरु गर्नेछन् । हिजोसम्म चासो नदेखाएका मुद्दा बाहिर ल्याउने छन् र विषयान्तर गर्ने कोसिस हुनेछ । अबको राजनीति भनेको पानी धमिल्याउने, अस्थिरता सिर्जना गर्ने र अपराधी बचाउनेमा केन्द्रित हुनेछ ।

नत्र प्रचण्डलाई क्रान्तिकारी र स्वच्छ नेताका रूपमा प्रशंसा गर्दै पार्टी नै समर्पण गरेर पाइलट बनाएको एमाले र बारम्बार माओवादीलाई लोकतान्त्रिक र अग्रगामी शक्ति भनेर सँगै चुनाव लडेको र आफैंले भोट हालेको कांग्रेसले आज आएर क्यान्टोनमेन्टको मुद्दा उठाउनुको अर्थ के हुन्छ ? कतिपल्ट प्रधानमन्त्री भए ओली र देउवा ? किन छानबिन गरिएन ? किन कारबाही भएन ? देशको अन्तर्राष्ट्रिय बेइज्जती र मानमर्दन गर्ने यो नक्कली शरणार्थी काण्डलाई टुङ्गोमा पुग्न मद्दत र दबाब दिऊँ ! कम्तिमा आधा भ्रष्टहरू पर्दाफास हुनेछन् । अर्को पल्ट क्यान्टोनमेन्टदेखि ओम्नीसम्मका काण्डबारे लडौंला । सबैलाई एकैपल्ट छानबिन या कारबाही गर्नुपर्छ भन्नु व्यवहारमा कसैलाई पनि छुनु हुँदैन भन्नुजस्तै हो ।

मलाई ’पोलिटिकल्ली इन्करेक्ट’ देखिए पनि काठमाडौंका मेयरले नयाँ र पुराना नेताबारे लेखेको त्यो स्ट्याटस शतप्रतिशत सत्य र मनको आवाज जस्तो लाग्छ ! सबै चोर हुन्, थिए र रहनेछन् ।

 

प्रकाशित: २३ बैशाख २०८०, शनिबार ०८:१४

Leave a Reply