No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘समय त हो नि, खुमबहादुरबाट बालकृष्णसम्म आइपुग्दा ‘आफन्तहरूको’ पार्टी भएको यही त हो’

0

जेपी गुप्ता ।

बालकृष्ण खाँणलाई पदीय जिम्मेवारीबाट निलम्बित गर्ने कि नगर्ने–यो नेपाली कांग्रेसको मामिला हो । यद्यपि यो गम्भीर सार्वजनिक चासोको बिषय पनि हो । नेपाली कांग्रेस पार्टी ‘सबै समान सदस्हयरूका तर केही खास आफन्तहरूबाट चल्ने’ पार्टी हो। हिजो पनि आज पनि । यस सन्दर्भमा थोरै पुरानो एक घटनाको याद आयो । खुमबहादुर खडका उपर अख्तियारले मुद्दा चलायो । फैसला भयो, उनी अदालतबाट दण्डित भए । यस फैसलालाई नेपाली कांग्रेसले कसरी लिने बारेमा पार्टीको केन्द्रीय समितिको बैठक बस्यो। पहिले एउटा विज्ञप्ति जारी भयो, जसमा सर्वोच्चको निर्णय अप्रत्याशित भएपनि पार्टीले सो फैसलाको पुनरावलोकनको निवेदन दिने भनियो । तर, रातारात निर्णय फेरियो । रामचन्द्र पौडेलले राखेको प्रस्ताव अनुसार कांग्रेसले खुमबहादुरको प्रतिरक्षा नगर्ने निर्णय भयो । तक्षण निर्णय भयो। खुमबहादुरलाई कांग्रेसको प्रतिरक्षाबाट बाहिरियो ।

समय धेरै भएको छैन । कांग्रेस फेरिएको छ । आज बालकृष्णका बारेमा बहस छ । उनी गम्भीर अपराधमा आरोपित छन्, प्रहरी हिरासतमा छन् । अन्यथा प्रमाणित नहुन्जेलसम्म उनी पार्टीको पदीय दायित्वबाट निलम्बित रहने कि नरहने ? यस बारे कांग्रेसको शीर्ष बैठकमा मत भिन्नता भयो । समय त हो नि, खुमबहादुरबाट बालकृष्णसम्म आइपुग्दा ‘आफन्तहरूको’ पार्टी भएको यही त हो ।

एमाले स्वच्छ पार्टी हो । झलनाथ खनाल, माधव नेपालहरू रहेको बेला जे होस् । अब उनीहरू बहिरिएका छन्, यसर्थ सर्प पालन, ललिता निवास आदि अहिले एमालेको दायित्वमा परेन । विष्णु पौडेल, भानुभक्त, अनि पोखरेल आदि ‘वासिङ मेशीन’बाट निकालिएका भए । सफा र स्वच्छ भएका छन्। एमालेले नै प्रेम राईलाई अख्तियार प्रमुख बनायो । राईले नक्कली शरणार्थीको किटानी निवेदनलाई मुल्तवीमा राखे । अहिले सोही व्यहोराको निवेदन उपर यत्रो रडाको मच्चिएको छ। टोपबहादुर बारे ओलीजीले प्रचण्डलाई भेटी दबाव दिए । सांसद भागेर जाने हो र ? कोइरी बेपत्ता भएको थोरै पनि हेक्का नराखी ओलीले टोपबहादुरको प्रतिरक्षा गरे । रायमाझी बेपत्ता भएको थोरै पनि नैतिक दायित्व लिन आज ओली तयार छैनन् । बरू एमालेको वक्तव्यमा एमाले पार्टी यस्ता कृत्यको बिरोधमा हिमाल जस्तो ठिंग उभिएको पार्टी हो भन्यो ।
बुझ्नु भयो ! आज सबैले बुझ्न लागे कि ‘सत्ता भनेको कांग्रेस कम्युनिष्ट सबैका लागि बन्दुकको नालबाट निस्कन्छ’ नि ! माओवादले सबैलाई सिकाए ।

प्रकाशित: ३० बैशाख २०८०, शनिबार ०४:५७

Leave a Reply