No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसा गर्ने मदन भण्डारीको शैली बेजोड थियो’

0

शंकर पोखरेल ।
पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिएँ । महाधिवेशनको अपील प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिएँ । भरतमोहन कमरेडले त्यसमा सहमति जनाउँदै मदनसँग कुरागर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म वडो उत्साहकासाथ उहाँ वस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईहरु जस्ता साथीहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो । उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् । वरु प्रकाशन गर्नुपूर्व मलाई देखाउनुहोस् भन्नु भयो । मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमति दिनुभयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसा गर्ने उहाँको शैली वेजोड थियो ।

सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसंगको अर्को प्रसंग पनि वडो रोचक छ । महाधिवेशनमा जनताको वहुदलीय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज बन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत बहसका बेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन । पूर्वको विराटनगरदेखि खुला बहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पंक्ति पक्षमा देखिसकेको थियो । चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर वोल्न तयार भएकोले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बोल्न लगाइएको थियो । सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा बोल्नु भएको थियो ।

पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलीय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त वन्न पुगेकोछ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्त गर्न भएको त्यसप्रकारको कठिनाई भएको सम्झदा अनौठो अनुभूति हुन्छ ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली ।

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार ०३:०१

Leave a Reply