No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी परियोजना अघि बढाउन सहयोगका लागि गृहमन्त्रीलाई एमसीसीका उपाध्यक्ष ब्रुक्सको आग्रह

0

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । शनिबार गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक सुरक्षा र समन्वयनको काममा सहयोग गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा गृहमन्त्रीले परियोजना अघि बढाउन सरकारकातर्फबाट सबै सहयोग हुने बताएका गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहसचिव दिनेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन समेत सहभागी थिए ।

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार ०८:४१

Leave a Reply