No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीले भारत भ्रमणमा लम्पसार पर्ने होइन, स्पष्ट कुरा राख्नुपर्छ

0

ऋषिराम कट्टेल । 
प्रधानमन्त्री दाहालको भारत भ्रमण अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । पहिलो गाँसमै ढुंगा भनेझैं यो भ्रमणलाई आमसंचार जगतले दाहाल भारतले डाकेर हैन डाक्न अनुरोध गरेर जान लागेका हुन् भन्ने टिप्पणी गरेका छन् । यो संभावना पनि किनछ भने उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै गर्ने उद्घोष गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमण भन्ने वितिक्कै अब यस पटक के गुमाउनु पर्ने हो भनेर नेपाली जनता चिन्तित हुनुपर्ने अवस्था छ ।

दाहाल भारत गएर के गर्लान् ? भन्ने प्रश्न अहिले मानिसहरुले गरिरहेका छन् । उत्तर प्रष्ट छ उनले आफ्नो सरकार जोगाइ दिन लम्पसार पर्नेछन् र आशिर्वाद थापेर फर्कने कोशिस गर्नेछन् । म यसो किन भनिरहेछु भने जब दाहाल पहिलो पटक प्रधानमन्त्री बने,जुनबेला उनी जाजल्यमान क्रान्तिकारी थिए, भारत जानेबेला किन हो मलाई पनि परामर्शको लागि बालुवाटार बोलाएका थिए । मैलै उनलाई त्यसबेला पनि प्रष्ट भनेको थिएँ एउटा देशभक्त नेपालीले भारतसँग गरिहाल्नु पर्ने केही महत्पूर्ण कुराहरु छन् , जुन कुराहरुलाई तपाइँ हामी सबैले निकै संघर्ष गरेका छौं र सत्ताको कोपभाजन पनि भएका छौं । तिनै कुरा राख्ने अर्थात् १. १९५० लगायतका असमान सन्धीहरु खारेज गर्ने, २. सीमा समस्या हलगर्ने कालापानी लगायत भारतवाट अतिक्रमित भूमि फिर्ता गर्ने ३. व्यापार र पारवहन सन्धीलाई पृथक गरेर पारवाहनमा समुन्द्रसम्मको नेपालको पहँुचको अधिकार सुनिश्चित गर्ने । यतिकाम मुख्य काम भएपद्धि अरु साना मसिना कामहरु स्वतः बन्ने छन् । तर उनी यो कुरा गर्न हिच्किचाए । त्यसपछि उनको र मेरो बीचमा गम्भीर मतभिन्नता भयो ।

म बालुवाटारबाट हिँडे । भारत गएर उनले २५ बुँदे सझौता गरे । त्यसको सायद २३ बुँदामा होला नेपालको परराष्ट्र नीतिनै भारतीय परराष्ट् नीतिको अंग बन्ने अर्थलाग्ने सहमति गरेर आए । उनको विरुद्ध म आफैं अध्यक्ष रहेको पार्टी नेकपा एकीकृतले सडकमा विरोध प्रदर्शन गर्यो । दाहालका पुलसले हाम्रा कैयौ कार्यकर्तालाई अंगभंग बनायो ।

मैलै यो प्रसंग किन उठाएको भने हिजो बाहिरवाट हेर्दा दाहालको छवी एउटा क्रान्तिकारी र देशभक्त को थियो र व्यापक जनसमर्थन थियो । त्यस्तो बेलात लम्पसार पर्ने पात्रले जनमत सबै गुमाइसकेर उसकै आशिर्वादले सरकारमा रहेको बेला मालिकको इच्छा बेगर नेपाल र नेपालीको पक्षमा कुनै कुरा होला वा प्रधानमन्त्रीले विषय राख्लान् भन्नु मनको लड्डु घिउसँग खानु मात्र हो । तैपनि आशा गरौं जीवनको उत्तरार्धमा दाहालजीको बुद्धि फिरोस् र लम्पसारवादबाट मुक्त भएको देख्न पाइयोस् ।

 

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार ०३:३०

Leave a Reply