No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारत भ्रमणबाट प्रधानमन्त्री सन्तुष्ट हुनुका कारण

0

ऋषि कट्टेल ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट निकै सन्तुष्ट छन् । उनले नेपाल भारत सम्बन्धमा जमेको आइसब्रेक भएको घोषणा गरेका छन् । के भयो त्यस्तो जसकाकारण यो भ्रमण त्यति महत्वपूर्ण रह्यो । भ्रमणपछि संसदीय दलहरुमा निकै असन्तुष्टि बढेको छ । संसदबाहिर रहेका दलहरुले त यो भ्रमणलाई राष्ट्रघात र आत्मसमपर्णको संज्ञा दिएका छन् । तर अरु संसदीय दलहरु आफ्नै प्रभुसँग सम्बध सुध्रिएकोमा किन आक्रोशित छन् ? यसको कारण अब प्रष्ट भएको छ ।

१) यो भ्रमणले भाजपा र माओवादी केन्द्रबीचको बीच रहेको दुरी समाप्त गरेको छ । स्मरणीय छ भाजपा १२ बुँदेको समर्थक हैन । माआवादीले हिन्दूत्व विरुद्ध काम गरेको उसको आरोप पनि छ । अहिले दाहाल र मोदीबीच यस विषयमा सहमति भएको देखिन्छ । मोदीले १२ बुँदे समर्थन गर्ने र दाहालले हिन्दूत्वको जगेर्ना गर्ने । अर्थात् भाजपाले गणतन्त्र स्वीकार गर्ने माओवादी केन्द्रले हिन्दूराज्य बनाउन वातावरण बनाउने । त्यसको अग्नि परीक्षाको लागि मोदीले माहाकालेश्वर पठाए । गेरुबस्त्रमा उतारे । त्यहाँको जल पशुपतिमा सेचन गर्न निर्देश गरे । दाहाल यी सवै कामहरु गरेर सीता अग्निवाट फर्किएर चोखि भए जस्तै भए । यो दाहालको जीवनमा ठुलो आइसब्रेक हो । युद्धकालिन अपराधको आरोपमा दण्डित हुनुपर्ने अवस्था सिर्जना भइरहेको बेला १२ बुँदेकै विपक्षमा रहेको भारतको सत्तासिन पार्टीवाट यति ठूलो राहत पाउनु यो भन्दा ठूलो आइसब्रेक उनको जीवनमा हुनै सक्दैन । यो घटनाबाट नेपालमा सबैभन्दाबढी राप्रपा भन्ने पार्टी मर्माहत भएको छ ।

२) दाहाल यस पटक अरु पार्टीहरुलाई पछारेर प्रथम भएका छन् । स्मरणीय छ नेपालका भारतप्रेमी दलहरु भाजपा प्रेमी छैनन् । राप्रपाले हिन्दूत्वको नारामा सामिप्यता राखेपनि भारतीय सत्तासँग उनीहरुको विमतिनै देखिन्छ । काँग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपालगायतका दलहरु भाजपासँग त्यति सामिप्य छैनन् । यही मौकामा दाहालले भाजपा माओवादी केन्द्र बीचको दलीय सम्वन्ध स्थापित गरेर अर्को चमत्कारिक आइसब्रेक गरेका छन् । त्यसैले उनले मोदीसँग आफ्नो केमेष्ट्री मिलेको कुरा सगौरव घोषणा गरेका छन् । सायद यसैका कारण याहाँका अरु संसदवादी दलहरु बढी झस्केका छन् । माधव उपेन्द्रहरुको असहमति बजेटसँग मात्रै हैन यतातिर पनि जोडिएको छ ।

३) एमसीसी कार्यान्वयनमा उनले अर्को आइसब्रेक गरेका छन् । एमसीसी अन्तरगतका सबै ठेक्कापट्टा भारतलाई दिने र मोदीले एमसीसी कार्यान्वयन गर्न सघाउने ।

४) कथित विद्युत व्यापार वा एमसीसी कार्यान्वयनको नाममा नेपालको नदी प्रणालीलाई आफ्नो नियन्त्रमा लिने भारतीयहरुको चाहनालाई पूरा गरिदिएर दाहालले यसभन्दा अघिका सबै राष्ट्रघातका श्रृंखलाहरुलाई तोडेर ठुलो आइसब्रेक गरेका छन् । यदि नेपाली जनताले प्रतिरोध गर्न सकेनन् भने दाहाल योजना अन्तरगत अब कुनै पनि नदी प्रणालीको स्वामित्व नेपालीको हातमा हुने छैन ।

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार ०२:५६

Leave a Reply