No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नक्कली शरणार्थी प्रकरणः अभियुक्तलाई थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने आदेश हुने

0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बिहीबार बहस सकिएको हो ।

आज भने सरकारी वकिलले जवाफी बहस गर्ने छन्। जिल्ला न्यायाधीश न्यौपानेले सरकारी वकिललाई २ बजेसम्म जवाफी बहस सक्न आग्रह गरेका छन् । उनले दुई बजेसम्म जवाफी बहस सकेपछि आफूले आदेश गर्ने बताएका छन् ।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । थुनछेक बहस सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्नेबारे इजलासले निर्णय गर्ने छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो । १२ जना अझै फरार छन् । प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो ।

प्रकाशित: १ असार २०८०, शुक्रबार ०२:२१

Leave a Reply