No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय सुनुवाइ समितिले आज सवाल जवाफ गर्ने

0

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ गर्दैछ । त्यसका लागि आज बिहान आठ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

बिहीबारको समितिको बैठकमा उहाँलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम भएपनि आज बिहान ८ बजेलाई सारिएको हो । बिहीबार संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम आजका लागि सारिएको हो । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताएका छन् । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएको थियो । समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् ।

प्रकाशित: १ असार २०८०, शुक्रबार ०२:३१

Leave a Reply