No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बल प्रयोग गरी विद्यालयको पठनपाठन बन्द गर्ने शिक्षक र कर्मचारीलाई पदबाट हटाउने बालेनको चेतावनी

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरका सामुदायिक विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्याए त्यस्ता शिक्षक र कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका छन् ।

शनिबार सामाजिक संजालमार्फत मेयर साहले आन्दोलन गरी विद्यायलको पढाइमा बाधा पुर्याउने शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका हुन् । उनले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको बताएका छन् ।

उनले भनेका छन्, ‘शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ । विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ । कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।’

 

 

प्रकाशित: २ असार २०८०, शनिबार १०:१२

Leave a Reply