No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साफ च्याम्पियनसिप फुटबल : नेपाल कुवेतसँग पराजित

0

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग पराजित भएको छ । बैंग्लोरमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल कुवेतसँग पराजित भएको हो । कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्दा एक गोल फर्काएको थियो । सुरुमा कुवेतविरुद्ध दबाब सिर्जना गरे पनि नेपाल गोल गर्न असफल रह्यो । २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले हेडरलाई गोलमा परिणत गर्न सफल भए । ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा कुवेतले पेनाल्टी पायो । नेपालका अनन्त तामाङले डी बक्सभित्र ह्याण्ड गरेपछि पाएका पेनाल्टीलाई कुवेतका मोहमद अब्दुल्लाहले गोलमा परिणत गरेका थिए ।

६८ औं मिनेटमा अन्जन विष्टले उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । अन्जन नेपाली टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित: ६ असार २०८०, बुधबार १२:१८

Leave a Reply