No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालेनको बालहठ

0

डा. राजेन्द्रकुमार श्रेष्ठ ।
यस्तो नहोस ! तर संभवतः बालेनको गल्तीले उनको राजनीतिक जीवन समाप्त पनि हुन सक्छ। उनका शत्रुहरूले उनलाई मजाले फसाउन सफल भए । उनलाई उक्साउने हैन संयमित भएर गल्ती महसुस गर्दै अगाडि बढ्न भन्नुपर्छ यदि देशको हित चाहने हो भने। पटक पटक दादागिरी शैलीमा शासन गर्न खोज्नु सुशासन हैन। विधिको शासन चलाउनुपर्छ । ७५३ स्थानीय तहले पनि यसैगरे भने के हुन्छ ? म अदालत र कानुन मान्दिन भन्यो भने के हुन्छ ? मलाई जे ठिक लाग्छ त्यहि गर्छु भन्यो भने अराजकता हुन्न ? कानुनको ब्याख्यामा विमति हुन सक्छ तर अदालतले भने पछि मान्नै पर्छ । नमान्ने हो भने मानहानिको केसमा कैद सजाय र कुनै पनि पदमा आजीवन रहन नसक्ने हुन्छ। यस्तो बालहठमा हामी किन फस्ने ?

चित्त नबुझे सर्वोच्च जान सकिन्छ तर म कानुन मान्दिन, अदालती आदेश मान्दिन; म जबरजस्ती गर्छु र यसमा कायम रहन्छु भनिरहे भने यिनलाई शत्रूहरूले सजिलै समाप्त पारिदिनेछन् ।

अदालतको मानहानी सबैभन्दा खराब र संगीन अपराध मानिन्छ । जिस्किन हुँदैन । अदालतको आदेशलाई रोके भने र मानेनन् भने वा अदालतमा गएर माफी मागेनन् भने उनको सार्वजनिक जीवन सकिन्छ अब । हामीले विवेकपूर्ण सुझाव दिने हो, गलत काम गर्न उचाल्ने हैन ।
बालेनलाई उचाल्नेहरु
– राजनीतिक सुझबुझ नभएको भेडो युवा भनाउँदाहरु जसले बढीमा SLC , Plus 2 या नीमाको Guess Paper पढेर Bachelor pass गरेर गरेर बसेका छन्, तिनीहरु या त अनपढ मुर्खहरु छन् या त बेरोजगार छन् जसले हाहा, हुहु र अराजकतामा विश्वास गर्छन् ।
– अर्को थरिहरु विदेश भासिएका युवा छन् जसलाई अरुबाट भरोसा उठिसकेकोले आफ्नो आक्रोश बालेनलाई उचालेर प्रकट गर्दैछन् ।
– राजावादीहरुः बालेन पक्राउ पर्यो भने लाखौं मुर्खहरु सडकमा आउनेछन् र त्यही अराजकताको मौकामा कतै राजालाई स्थापना गर्न सकिन्छ कि भन्ने झुण्डहरु ।

– एमालेको भिजिलान्तेहरु जो बालेन हट्यो भने मेयरको बागडोर उपमेयरको (सुनिता डंगोलको ) हातमा आउने छ भनि ठान्नेहरु ।
– केही स्वार्थ नभएको मानिसहरु जसलाई राष्ट्रियता प्यारो छ तर त्यसरी बालेनलाई उचाल्दा बालेनको राजनीति समाप्त हुन्छ भनि ज्ञान नभएकोहरु ! बालेन, तिमीलाई कसैले उचाल्दै छ, फसाउदै छ !

प्रकाशित: ८ असार २०८०, शुक्रबार ०२:५३

Leave a Reply