No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु गलत

0

डा. बाबुराम भट्टराई ।
बुढीगण्डकी परियोजनालाई ‘हलो काटेर मुंग्रो बनाउनु’ भनेझैं यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु ज्यादै आपत्तिजनक छ ! यो त एउटा बाघलाई सुगाको पिंजडामा राख्न खोज्नु जस्तै हास्यास्पद कुरा हो ।

सबभन्दा चिन्ताको विषय हाम्रो राजनीतिक नेतृत्वले देशको दीर्घकालीन विकास नीति नै नबुझ्नु वा बुझ्न नचाहनु हो । भौगोलिक विविधता, जटिल भूराजनीति र नदीनाला नै सबभन्दा ठूलो सम्पत्ति भएको मुलुकमा नदी–उपत्यकाहरूको एकीकृत विकास गरेर मात्र समग्र देशको सन्तुलित,दिगो र हरित विकास गर्न सकिन्छ भन्ने सत्ताधारीहरूले किन नबुझेको ? अमेरिकाको टेनेस्सी भ्याली, चीनको थ्री–गोर्जेज परियोजनाहरूले ती देशको अग्रगामी रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाबाट किन सिक्न नचाहेको ?

आफूले नबुझे/नजाने पनि मेरो प्रधानमन्त्रीकालमा गठन भएको ‘बुढीगण्डकी विकास समिति’ले अघिसारेको र मैले बारम्बार कराउँदै आएको ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ को अवधारणा र त्यस अन्तर्गत प्रस्तावित एकीकृत विकासको गुरूयोजनालाई किन लत्याएको ? कमसेकम आगामी पचास बर्षसम्म देशको विकासको प्रमुख इन्जीन हुने काठमाण्डौ–पोखरा–लुम्बिनी–हेटौंडा/वीरगंज चौकोणको वीचमा पानी, विजुली, माछापालन, पर्यटन, पर्यावरण संरक्षणको प्रमुख श्रोत हुने यो जलासययुक्त परियोजनाको बहुआयामिक महत्व नबुझ्नेले विकास र समृद्धिको गफ दिनु कति हास्यास्पद होला ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेको यही हो कि ? सही मोडालिटी बनाएर छिटो कार्यान्वयन गर्ने अझै समय छ! नत्र इतिहासले धिक्कार्ला !

 

प्रकाशित: १३ असार २०८०, बुधबार ०३:३५

Leave a Reply