No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

छिमेकीसँग सार्वभौमिकता जोगाएर राख्न कुटनीति भन्दा अर्को उपाय हुन्न

0

मोहन लामा रुम्बा ।
भारत र पश्चिमी शक्ति बीचमा मुसा बिरालोको लडाइँ लामो समयदेखि जारी छ । भारतमा महिनौं लामो समयसम्म गरेको किसान आन्दोलनमा क्यानाडाबाट आएको गोप्य लगानीको चर्चा नभएको होइन । खालिस्तान आन्दोलनलाई घुमाउरो संरक्षण दिइरहेका नै छन् । बेलायतस्थित भारतीय दूतावासमा भारतीय झन्डा निकालेर खालिस्तानी झन्डा राख्न खुल्ला छुट दिएपछि भारतले पनि बेलायती दूतावास अगाडिको सबै सुरक्षागार्ड हटाएर सांकेतिक जवाफ दिएको थियो ।

पञ्जाब र हरियाणा राज्यमा हिंसात्मक गतिविधिमा संलग्नहरु क्यानाडा सरकारको सुरक्षामा खुल्ला हिंडिरहेका हुन्छन्, हालै भारतले पनि जवाफमा जुन जुन देशमा बसेर भारत विरुद्धमा गतिविधि गरिरहेको छ त्यहीँ गएर हत्या गराउने इजरायलको मोसाद शैली लिएको देखिन्छ। किनभने यही एक महिना भित्र बेलायत पाकिस्तान क्यानाडामा रहेकोे खालिस्तानी अभियान्ताहरुको संदिग्ध हत्या भएको छ।
गतवर्ष इरानको परमाणु बम बनाउने प्रमुख बैज्ञानिकको इजरायलले हत्या गरेको छ, कुनै पनि हालतमा इजरायलले इरानलाई परमाणु बम बनाउनबाट रोक्ने हरदम प्रयास जारी छ। भारतमा पनि मिसाइल नै हानेर त होइन तर परमाणु वैज्ञानिकहरु एकपछि अर्कोगरि चार वर्षमा ११ जना परमाणु क्षेत्रमा काम गर्ने वैज्ञानिकहरु कोही पानीमा डुबेर कोही झुन्डेर कोही सडक दुर्घटनामा परेर संदिग्ध अवस्थामा मरेका छन् ।
भारतमा परमाणु क्षेत्रमा पहिलो काम गर्ने होमी भाभाको पनि प्लेन दुर्घटनामा नै मृत्यु भएको थियो । सायद राष्ट्रपति बनाएर तुरुन्तै नराखेको भए अब्दुल कलाम आजाद पनि के हुन्थ्यो भन्न सकिन्नथ्यो ।

शक्ति राष्ट्रहरुको कुटनीति हाम्रो दिमागले भेउ पाउन गाह्रो हुन्छ । सात हजार माओवादी लडाकुलाई १९ हजार पुरयाउने प्रचण्ड होइन अनमिनको योजना अन्तर्गत थियो, प्रचण्ड त केवल मोहरा मात्रै बनेका थिए जब राष्ट्रसंघबाट अनमिन ल्याउने नेपाल सरकार र माओवादी सम्झौता भयो त्यसपछि चीन र भारत क्रुद्ध हुन पुगेको कुरा सबैलाई जगजाहेर नै छ। राष्ट्रसंघ आफ्नो मिसन पुरा गर्न नपाई बीचैमा छोडेर हिंड्न परेको पीडा भुलेको छैन, ऊनी कुनै न कुनै रूपमा नेपालमा बेस बनाएर बस्ने दीर्घकालीन रणनीतिमा रहेको जगजाहेर नै छ।

यी ठुला शक्ति राष्ट्रहरुको आआफ्नो स्वार्थमा हुने रणनीतिक लडाइँ तपाईं हामीले चाहेर होस् वा नचाहेर होस् रोक्न सक्दैनौं, हाम्रो सामु दुई ठूला छिमेकी राष्ट्र छन्, यो हामीले चाहेर वा नचाहेर बदल्न सक्दैनौं। हामीले हाम्रो अवस्था हेरेर यी शक्तिशाली छिमेकीसँग हाम्रो सार्वभौमिकता जोगाएर राख्न कुटनीति भन्दा अर्को उपाय हुन्न ।

हामी हाम्रो भैरहेको सीमास्तम्भ जोगाउन नसकिरहेको यस्तो बेला भारतको भूभाग बेलायतले ल्याईदिन्छ अमेरिकाले ल्याइदिन्छ राष्ट्रसंघको सेनाले ल्याइदिन्छ’ एक लाख शान्ति सेना भित्राउन पर्छ !’बालेनले बोल्यो !’ ‘गगन उफ्र्यो’ ‘बाबुराम तात्यो’ भन्दै एउटा चिनिरहेकै ‘ब्लकको’ मान्छेहरुलाई हाइलाइट गर्दै जुन प्रकारको गुमराह गर्दै सामाजिक संजालमा ‘नेरेटिभ’ फैलाउँदैछ बुझ्नु होला भारत र पश्चिमी शक्तिको ‘छदम् वार’ को एउटा झिल्को हो भनेर !’

प्रकाशित: १४ असार २०८०, बिहीबार ०६:०४

Leave a Reply