No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वकप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

सन् २००६ देखि नेपाली क्रिकेट टिमबाट खेल्दै आएका मल्लले ३७ ओडीआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् । उनको अन्तिम खेल भने ४ जुलाई २०२३ मा आयरल्यान्डविरुद्धको भएको छ ।

मल्ल ओडीआईमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर पनि हुन् । टी–२० इन्टरनेसनलमा मल्लले १ शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन् । पारस खड्काले सन्यास लिएपछि मल्ल नेपाली राष्ट्रिय टिमको कप्तान बनेका थिए । सन् २०१९ मा कप्तानी सम्हालेका मल्लको कप्तानी करियर सन् २०२१ सम्म रह्यो ।

उनले अन्तर्राष्ट्रिय टी–२० मा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध सर्वाधिक १०७ रन बनाएका थिए । उनी शतक प्रहार गर्ने नेपालका सातौं खेलाडी पनि हुन् । मल्लले आफूले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको पनि बताए ।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार ०९:३७

Leave a Reply