No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता, सहमति कार्यान्वयनबारे कुराकानी

0

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

संवादमा नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीहरुको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री कार्यालयले पनि सोही विषयमा विज्ञप्ति जारी गर्दै उहाँहरूबीच भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्दै दुई देशबीचको गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउनेबारे छलफल भएको जनाएको छ ।

“निकट र मित्रवत् छिमेकी मुलुक नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार राष्ट्र हो । टेलिफोन वार्ता दुई देशबीचको उच्चस्तरीय आदानप्रदान परम्पराको निरन्तरता हो”, भारतीय प्रधानमन्त्री कार्यालयकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २० श्रावण २०८०, शनिबार १५:२९

Leave a Reply