No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन् २०५० भित्र जलवायु लक्ष्य पूरा गर्न श्रीलङ्काका राष्ट्रपतिको निर्देशन

0

श्रीलङ्काले जलवायु लक्ष्यलाई आगामी ३० बर्षमा पूरा गर्नेगरी समयसीमा तोकेको छ । जलवायु लक्ष्य वा जलवायु प्रतिज्ञा भनेको जलवायु परिवर्तनलाई सीमित गर्ने उद्देश्यका साथ जलवायु नीति र ऊर्जा नीतिका लागि मापनयोग्य दीर्घकालीन प्रतिबद्धता हो ।

श्रीलङ्काले यसअघि जलबायु लक्ष्यका पूरा गर्न सन् २०६० सम्म लाग्ने बताउँदै आएको भएपनि यसलाई संशोधन गर्दै सन् २०५० सम्मका लागि जलवायु लक्ष्यका लागि समयसीमा तोकेको हो ।

राष्ट्रपतिको मिडिया महाशाखाले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०५० भन्दा अघि जलवायु लक्ष्य हासिल गर्न सम्भव रहेको बताएका छन् । उनले श्रीलङ्काका प्राविधिकहरूलाई जलवायु परिवर्तनको मापदण्डलाई विचार गरी आफ्नो काममा लाग्न आग्रह गरे ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार ०३:३०

Leave a Reply