No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यायाधीशका पिएसओको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ

0

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका अंगरक्षक(पिएसओ) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी कुमोद ढुंगेलले जानकारी दिए । प्रहरीले सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई गत शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित खड्काको घरमा गत असार ३० गते पेस्तोल चोरी गरेको आरोप छ । त्यसदिन अन्य घरमा पनि चोरी भएको एसपी ढुंगेलले बताए। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार ०६:१६

Leave a Reply