No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संचारमाध्यमप्रति रविको आक्रोशः सक्दैनौं, सक्दै त सक्दैनौ

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अनावश्यक खेदो नखन्न चेतावनी दिएका छन् । चितवन क्षेत्र नम्बर २ मा सञ्चालित ‘ब्लु बस’र ‘मोबाइल क्लिनिक’विवादमा परेपछि लामिछानेले मोबाइल क्लिनिक चालु अवस्थामा रहेकाले खेदो नखन्न चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो । मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला । हैट हेडलाइन आतंक र …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ ।’

केही दिनअघि चितवन २ महिलाका लागि भन्दै सञ्चालनमा ल्याएको ‘ब्लु बस’ र ‘मोबाइल क्लिनिक’ विवादमा परेपछि रविको पनि आलोचना भइरहेको छ । भारतीय दूतावासले पुरानो मेडिकल कलेजलाई ११ वर्षअघि दिएको उक्त एम्बुलेन्सलाई गैरकानुनी रुपमा रंग परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’बनाइएको थियो । एम्बुलेन्स र ‘ब्लु बस’को गैरकानुनी रुपमा रंग फेरिएको भन्दै लामिछानेको आलोचना भइरहेको छ ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार ०६:५०

Leave a Reply