No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर तेस्रो साता चीन भ्रमणमा जाने

0

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रधानमन्त्रीले  सेप्टेम्बर  तेस्रो/चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, “हामी त्यसको तयारी अवस्थामा छौँ ।” उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे ।

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे  ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार ०८:४३

Leave a Reply