No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वमन्त्री जोशी भन्छन् -ललिता निवासको निर्णय प्रक्रियामा मेरो कुनै सहभागिता छैन

0

काठमाडौं । पूर्वमन्त्री तथा वरिष्ठ वामपन्थी नेता चन्द्रदेव जोशीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा आफूले राज्यलाई सघाउने बताएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि सोमबार सामाजिक संजालमार्फत जोशीले अनुसन्धानमा आफ्नो सहयोग रहने बताएका हुन् ।

उनले संचारमाध्यममा समाचार आएजस्तो आफू ललिता निवास जग्गा प्रकरणबारे मन्त्रिपरिषदले निर्णय गर्दा आफूले राजीनामा दिइसकेको उल्लेख गरेका छन् । उनले ललिता निवासबारे मन्त्रिपरिषदले २०६९ असोज १८ गते निर्णय गरेको तर आफू जेठ ३ देखि असोज ४ गतेसम्म मात्र मन्त्रिपरिषदमा रहेको बताएका छन् । उनले निर्णय प्रक्रियामा आफ्नो कुनै सहभागिता नरहेको बताएका छन् ।

 

प्रकाशित: २२ श्रावण २०८०, सोमबार ०६:१२

Leave a Reply