No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उच्चस्तरीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा एमालेको अवरोध

0

काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ ।

बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।

शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेपनि एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । सुन प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार ०७:५५

Leave a Reply