No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ : सभापति लामिछाने

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठक नचलेकोमा आपत्ति जनाएका छन् । संदनको गतिरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेका बेला सभापति लामिछानेले सामाजिक संजालमार्फत जनसरोकारका विषयमा छलफल र निर्णय गर्नुपर्नेमा संसद नचलेको र बार्गेनिङ मात्र चलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छन् । जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद..।’

प्रकाशित: २२ श्रावण २०८०, सोमबार ११:१३

Leave a Reply