No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सामाजिक सद्भाव कायम गर्न सिङ्गापुरका राष्ट्रपतिको आह्वान

0

सिङ्गापुरका राष्ट्रपति हलिमाह याकोबले सोमबार राष्ट्रका नाममा सन्देश दिँदै देशलाई अगाडि बढाउन थप लचिलो अर्थतन्त्र निर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेकी छन् ।

उनले तीव्र प्राविधिक परिवर्तनबाट उत्पन्न हुने अभूतपूर्व चुनौतीहरूको बीचमा सिङ्गापुरको आर्थिक सफलता सुनिश्चित गर्न मूल्य थप्ने र संसारसँग समयानुकूल रहन सक्ने क्षमतामा सुधार गर्न जोड दिएकी छन् ।

शहर प्रदेशमा सामाजिक गतिशीलता सुस्त हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले शिक्षामा सुधार गर्न र उच्च आम्दानीको खाडल अन्त्य गर्ने प्रतिवद्धता आवश्यक रहेको बताएकी छन् । उनले सिङ्गापुरका जनतालाई समृद्ध र विविधतायुक्त समाजको कदर गर्न आह्वान पनि गरेकी छन् । विश्वभर जातिवाद र असहिष्णुता बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरेकी छन् ।

सिङ्गापुरले अगस्ट ९ मा आफ्नो ५८औँ राष्ट्रिय दिवस मनाउँछ । राष्ट्रपति याकूबको राष्ट्रपतिको कार्यकाल आउँदो सेप्टेम्बरमा समाप्त हुँदैछ ।

प्रकाशित: २३ श्रावण २०८०, मंगलवार ०२:५१

Leave a Reply