No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छः उर्जामन्त्री बस्नेत

0

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे ।

“विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ”, मन्त्री बस्नेतले भने । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे ।

विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामाग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित: २७ श्रावण २०८०, शनिबार ०८:५३

Leave a Reply